दमक, ८ बैशाख । झापाको दमक— ६ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले जिल्लाका चारवटा स्थानीय तहको विपद कोषलाई १ लाख रुपैयाँ प्रदान गरेको छ ।

कोभिड—१९ को संक्रमण नियन्त्रण ,रोकथाम तथा प्रभावितहरुका लागि सहयोग पुर्याउने उद्देश्यले सहकारीले दमकसहित कन्काई,बिर्तामोड नगरपालिका र कमल गाउँपालिकाको विपद कोषलाई जनही २५ हजार रुपैयाँका दरले राहत सहयोग उपलव्ध गराएको अध्यक्ष दिपक खरेलले बताए ।
सहकारीका सचिव ज्ञाननाथ पौडेल (ज्ञानु )का अनुसार सहकारीको नवौ बार्षिकोत्सवको अवसर पारेर आज यहाँ दमकसहित सेवा केन्द्र रहेका कमल ,कन्काई र बिर्तामोडका स्थानीय तहले वनाएको कोषमा सो सहयोग रकम प्रदान गरिएको हो । दमकको राहत रकम दमक— ६ का वडाध्यक्ष टेकबहादुर थापालाई हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरणका क्रममा संस्थाका अध्यक्ष खरेलले सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपदका वेला थोरै भएपनि सहयोग उपलव्ध गराएको बताए । उनले संस्थालाई यहाँसम्म ल्याउन मेहनेती कर्मचारी, बिभिन्न उप समितिका साथै सबै शेयर सदस्य , उद्योगी, ब्यवसायी, नियमनकारी निकाय एवम सम्पूर्ण सहकारीसम्बद्ध संघसंस्थाहरुमा धन्यवादसहित निरन्तर सहकार्य र समन्वय गरी अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।
दमकमा मुख्य कार्यालय रहेको सो सहकारीकोे कमलको केर्खा बजार,कन्काईको सुरुङा,बिर्तामोडको शनिश्चरे रोडमा सेवा केन्द्र सञ्चालनमा रहेको व्यवस्थापक नवराज बाँस्तोलाले बताए ।
कार्यक्रममा संस्थाका सञ्चालक समितिका उपाध्यक्ष रोशन गौतम,कोषाध्यक्ष यामजी श्रेष्ठ, लेखा समितिका संयोजक राजकुमार न्यौपाने,सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्