बिर्तामोड (प्रस) दमक नगरपालीका भित्र १ सय ३० बढी सब्जी मण्डी छन् । चोकचोकमा तरकारी बेच्न बस्नेहरुको भने यकिन तथ्यांक छैन । लकडाउन पूर्व दमकमा दैनिक २० टन हाराहारीमा हरियो तरकारी आयात हुने गरेको थियो । दमकका तरकारी व्यवसायीले भारतसँगै सुनसरीको इनरुवा, धनकुटालगायतका स्थानबाट तरकारी खरिद गर्ने गरेको दमक शब्जि बजार व्यवस्थापन समिति अध्यक्ष कुमार श्रेष्ठले बताए ।
लकडाउनको अवधि लम्बिएसँगै झापा दमकको तरकारी बजार प्रायः सुनसान हुने गरेको छ । “अधिकांश तरकारी र फलफूल आउने भारतबाटै हो” अध्यक्ष श्रेष्ठले भने, “अन्य जिल्लाबाट आउने तरकारी पनि केही दिनदेखि आइरहेको छैन ।” पहिलेको तुलनामा ७० प्रतिशत व्यापार घटेको उनी बताउँछन् । स्थानीयस्तरमा उत्पादन भएको तरकारी मात्र बजारमा रहेको मण्डी सञ्चालक बताउँछन् । दमकसँगै झापाका अन्य बजारमासमेत तरकारी आयात ठप्प छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्