झापा,९ वैशाख । उदयपुरमा कोरोना पोजेटिभ देखिएका ८ जनालाई धरान लगिएको छ ।

आइसोलेसनमा राखी उपचार गर्नका लागि धरान लगिएको प्रदेश नम्वर एक कोरोना सूचना केन्दका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिए । छु्ट्टा–छुट्टै परिवारका ८ जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए । ८ जनाको स्वाब कोशी प्रादेशिक अस्पताल विराटनगरको प्रयोगशालामा पीसिआर मार्फत परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ का स्थित भुल्केमा नेपाली सेनाले सोमबार मात्र १५२ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएको छ । त्रियुगा त्यहि नगरपालिका हो जहाँ मस्जिदमा रहेका १३ जनालाई कोरोना भाइरस भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्