मेचीनगर,९ वैशाख । झापाकोे मेचीनगर नगरपालिकाले आपतकालीनरुपमा राहत तथा अत्यावश्यक औषधीको व्यवस्थापनका लागि प्रत्येक वडामा वडागत रुपमा फोकल पर्सन तोकेको छ ।

नोवल कोरोना भाइरस (कोभिड— १९) को संक्रमण फैलन नदिन र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण खाद्यान्न र औषधीको समस्या झेल्नु नपरोस् भनेर समन्वयकारी भूमिकाका लागि फोकल पर्सन तोकिएको हो ।
नगरप्रमुख विमल आचार्यका अनुसार सामाजिक विकास शाखा प्रमुख अनन्तप्रकाश वस्ती र आर्थिक विकास शाखा प्रमुख दीपेन्द्र कार्कीलाई नगरपालिकाका तर्फबाट औषधी तथा खाद्यान्नका बारेमा सहजीकरण गर्ने गरी नगरपालिकाले फोकल पर्सनकोे जिम्मेवारी प्रदान गरेको हो । त्यस्तै नगरपालिकाले वडा नम्बर १ मा रामकुमार राईलाई खाद्यान्न तथा डिकेन्द्र थापालाई औषधी व्यवस्थापनका लागि फोकल पर्सनको जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी वडा नम्बर २ मा वेनुपकुमार राई र सविना घिमिरेले फोकल पर्सनको जिम्मेवारी पाएका छन् । राईले खाद्यान्न तथा घिमिरेले औषधीको व्यवस्थापन गर्नेछन् ।

वडा नम्बर ३ मा औषधीतर्फ छोटबहादुर राई र खाद्यान्नतर्फ रीता थापा, वडा नम्बर ४ मा प्रल्हाद दाहाल खाद्यान्न, विनोद रंजितकार औषधी, ५ मा नारायण खड्का खाद्यान्न दुुर्गा देवकोटा औषधी, ६ मा राजकुमार श्रेष्ठ खाद्यान्न सावित्रा ल्वागुन औषधी, ७ मा नेत्र दाहाल खाद्यान्न र धनकुमारी न्यौपानेलाई औषधीको व्यवस्थापन गर्ने फोकल पर्सनको जिम्मेवारी प्रदान गरिएको छ ।
वडा नम्बर ८ मा सन्तोष मेचे खाद्यान्न चन्द्रा अधिकारी औेषधी, ९ मा इन्द्र प्रधान औषधी मिना परियार खाद्यान्न, १० मा इन्द्र आङदेम्बे औेषधी यज्ञनिधि न्यौपानेलार्ई खाद्यान्नको लागि फोकल पर्सन तोकिएकोे छ ।
वडा नम्बर ११ मा सुनिल राजबंशी औषध शरदविक्रम खरेल खाद्यान्न, १२ मा लीला सुब्बा औषधी कृष्णमाया वराइली खाद्यान्न, १३ मा ऋषि राजवंशी खाद्यान्न यमकान्त प्याकुरेल औषधी, १४ मा खाद्यान्नतर्फ सुरेस बुढाथोेकी र औषधीतर्फ अमृत कार्की तथा वडा नम्बर १५ मा बृखलाल राजवंशी खाद्यान्न र कुसुम चौधरीलाई औषधीतर्फकोे व्यवस्थापनका लागि वडागत रुपमा फोकल पर्सन तोकिएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्