झापा, १० वैशाख । विश्वभर अहिले कोरोना भाइरस (कोभिड—१९) महामारीले सन्त्रास मच्चाइरहेको छ । चीनको वुहानबाट ४ महिनाअघि सुरू भएको यो महामारी अहिले विश्वका सबैजसो देशमा फैलिसकेको छ ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वल्ड मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६१३ पुगेको छ । संक्रमण हुनेको संख्या भने २५ लाख ५६ हजार ५६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ७ हजारभन्दा बढीको मृत्यु भएको छ भने ७५ हजार भन्दा बढी संक्रमित थपिएका छन् । मंगलबार बिहानसम्म संक्रमितको संख्या २४ लाख ८१ हजार थियो ।संक्रमितमध्ये ६ लाख ९० हजार ३०२ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले १६ लाख ८८ हजार ६४७ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५७ हजार २४९ जनाको अवस्था भने गम्भीर रहेको छ ।कोरोनाको उद्गमस्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ८०५ पुगेको छ । मंगलबार मात्रै अमेरिकामा २७ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्