शिवसताक्षी , बैशाख १० । नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले आर्थिक तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ ।

नगरपालिकालाई १ लाख ६५ हजार बढी नगद र ईलाका प्रहरी कार्यालय झिलझिलेलाई इन्धन र स्वास्थ्य सम्बन्धी सामग्री हस्तान्तरण गरेको नगर समितिले आज ईलाका प्रहरी कार्यालय शिवगञ्ज र मंगलबारे प्रहरी चौकीलाई सो सामग्री हस्तान्तरण गरेको नगर सहसभापति बिनोद ढकालले जानकारी दिए । नेपाली कांग्रेस शिवसताक्षी — ११ का वडा सभापति अशोक बस्नेतका अनुसार शिवगञ्ज इप्रकालाई ३ थान ठूलो सेनिटाइजर, एक सय थान मास्क, एक सय थान पन्जा, १० थान डिटोल साबुन र ७५ लिटर इन्धन बराबरको नगद हस्तान्तरण गरिएको हो ।

त्यसैगरी मंगलबारे प्रहरी चौकीलाई ३ थान ठूलो सेनिटाइजर, एक सय थान मास्क, एक सय थान पञ्जा, डिटोल साबुन र ५० लिटर इन्धन बराबर नगद हस्तान्तरण गरिएको छ । आन्तरिक रुपमा अर्थ संकलन गरी ती सामग्री र नगद सुरक्षाकर्मीलाई हस्तान्तरण गरिएको शिवसताक्षी — ६ का वडाध्यक्ष मनोज खुलाल कार्कीले बताए । निरन्तर गस्ती र सुरक्षाका लागि खटिने प्रहरीको मनोबल खस्कन नदिन र आफूहरु साथमा रहेको सन्देश दिन सहयोग हस्तान्तरणलाई निरन्तरता दिइएको कांग्रेस शिवसताक्षी नगर सभापति पर्शुराम ढुंगानाले बताए । नेपाली कांग्रेसका स्थानीय नेताहरु होम दुलाल , कमल भण्डारी , दुर्गा भट्टराई , रमेश राई , सन्त फेवादिन ,नगेन्द्र गुरुङ, भीम ताजपुरिया , औषधी व्यवसायी सुरेन्द्र प्रधानलगायतको टोलीले दुबै कार्यालय पुगेर ती सामग्री हस्तान्तरण गरेको शिवसताक्षी कांग्रेसले जनाएको छ । केही दिनअघि भर्चुअल बैठक ( भिडियो कन्फ्रेन्स ) गरेर नेपाली कांग्रेस शिवसताक्षीले सहयोगलाई निरन्तरता दिने उपायको खोजी गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्