झापा,बैशाख १० । पर्साको जिराभवानी गाउँपालिकामा राहत वितरणको विषयमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ ।

बुधबार दिउँसो राहत वितरणमा ढिला भएपछि आक्रोशमा सेढवास्थित गाउँपालिका कार्यालय घेराउ गर्न करिब ३ सयको संख्यामा दलित, विपन्न वर्गका महिला बालबालिका र पुरुषहरु पुगेका थिए । त्यही क्रममा सशस्त्र प्रहरीले भीड हटाउन लाठीचार्ज गर्न थालेपछि स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको हो । झडपमा क्रममा एक सञ्चारकर्मीसहित स्थानीय गरी ८ जना घाइते भएका छन् । झडपका क्रममा स्थानीयले प्रहार गरेको ढुंगाले लागेर नारायणी एफएमका संवाददाता कृष्ण मोहन साह घाइते भएका हुन् । साहको टाउको फुटेको छ । उनीसहित सबै घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

लकडाउनको १ महिना पुगिसक्दा पनि जीराभवानी गाउँपालिकाले कुनै पनि वडामा राहत वितरण गरेको छैन । लकडाउनको १ महिना बितिसक्दा पनि राहत वितरणमा नभएपछि कार्यालयमा पुगेका स्थानीयले आक्रोशमा आएर ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरीले रोक्दा झडप भएको गाउँपालिका उपाध्यक्ष उषा देवी थरुनीले जानकारी दिइन् । लकडाउनका कारणले प्रभावितका लागि राहत वितरण गर्न प्रदेश सरकारले गाउँपालिकामा १० लाख रुपैयाँ पठाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्