दमक,११ बैशाख । सशस्त्र प्रहरीको एक टोलीले झापाको कमल गाउँपालिका ५ स्थित पाथीभरा बस्तीका पूर्ण माझीकोे काठपातमा आगजनी गरेको छ ।

हिजो राति करिव ७ वजेतिर स्थानीय सशस्त्र प्रहरी बल नेपाल , प्रहरी जवान शिक्षालयका समादेशक एसपी सुधिरजंग थापाको कमाण्डमा आएको टोलीले माझी परिवारलाई धाकधम्की दिएर एक्कासी काठपातमा आगजनी गरेका हुन् । आगजनीपछि माझीको पुरानो सवै काठपात जलेको छ । सशस्त्र प्रहरीकोे जमिनमा राखिएको पुराना काठपात आफ्नो जमिनमा राखेको भन्दै आगो लगाएको पीडित माँझीले बताएका छन् । माझीका अनुसार नयाँ घर बनाउने क्रममा भत्काएको पुरानो घरको सम्पूर्ण काठपात जलाएका छन् । आगो लगाउन खोज्दा आफूले भोलि नै काठपात हटाउछु भनेर गुहार माग्दा समेत उल्टै लछारपछार गरी एक्कासी आगजनी गरेको पीडित माझीले दावी गरेका छन् ।
आगो निभाउन प्रयास गर्ने स्थानीय बर्ष २१ का लक्ष्मण माझी र बर्ष ५८ की तोस्ता देवी कोईराला लाई समेत सशस्त्रले कुटपिट गरेका थिए ।
ज्याला मजदुरी गर्दै आएका माझी परिवार २०५४ सालदेखि त्यहाँ बस्दै आएका छन् । गाउँपालिकाले भर्खरै घर वनाउनका लागि जस्तापाता र कोभिड १९ संक्रमण हुन नदिन गरिएको बन्दाबन्दीका कारण खाद्यान्न राहत समेत पाएका थिए ।

ज्यादती भयो ः वडाध्यक्ष निरौला
सशस्त्र प्रहरीले माझीको काठपात जलाए भन्ने खवर प्राप्त हुनासाथ घटनास्थल पुगेका कमल ५ का वडाध्यक्ष डम्बरवहादुर निरौलाले सशस्त्र प्रहरीको ज्यादती भएको वताएका छन् । उनले माझीमाथि अन्याय भएको र घटनाका बारे कुरा गरेर नै छाड्ने वताए । उनले भने,—‘ सशस्त्र प्रहरीको यो ज्यादती भयो, यसलाई आफूले छलफल गराउने छु ’ माझी परिवारसंग भएको काठपात सवै जलेपछि पीडित झनै पीडित बन्न पुगेको वडाध्यक्ष निरौलाले बताए ।
माझीको काठपातमा आगजनी गर्नु पहिला वडा कार्यालयलाई जानकारी गराएर काठपात हटाउने अवस्था हुदाँहुदै सशस्त्र प्रहरीले आतंक मच्चाएको उनले गुनासो पोखे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्