भद्रपुर, बैशाख ११ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस संक्रमण रोकथामका लागि जिल्ला प्रहरी कार्यालय झापाको मुलगेटमा मेची अभियानका संयोजक बिजय डालमियाले डिस इन्फेक्सन टनेल निर्माण गरिदिएका छन् ।

कोरोना भाईरसबिरुद्ध निर्माण गरिएको डिस इन्फेक्सन टनेल गेटलाई डालमियाले हिजो हस्तान्तरण गरेका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णप्रसाद कोईराला,सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक रेशमकुमार थक्सु लगायतकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्