भद्रपुर, ११ बैशाख । झापा उद्योग वाणिज्य संघले भद्रपुर नगरपालिकाको विपद व्यस्थापन कोषमा ५१ हजार नगद र ५० थान एन ९५ मास्क सहयोग गरेको छ ।

आफ्नो आम्दानीको बलियो स्रोत नभएको संघले कार्यसमिति पदाधिकारी र सदस्यहरुबाट रकम संकलन गरी भद्रपुर नगरपालिकालाई सहयोग गरेको हो । संघअन्तर्गत रहेका शाखाहरुले सम्बन्धित पालिकालाई र जिल्ला नगर उद्योग वाणिज्य संघहरुले पनि सहयोग गरेकोले अर्को छुट्टै संघ नभएको भद्रपुर नगरपालिकालाई सहयोग गरिएको संघका अध्यक्ष नवराज पनेरुले जानकारी दिए ।
बिहीबार अध्यक्ष पनेरुसहित संघका विशिष्ट सदस्य अजय साहेवाला, महासचिव पंकज शर्मा, वाणिज्य सचिव सुविन खड्का, सदस्य पवन श्रेष्ठलगायत नगरपालिका पुगेर रकम हस्तान्तरण गरेका हुन् । अध्यक्ष पनेरुले ५१ हजारको चेक र मास्क उपप्रमुख चन्द्रमाया श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठलाई संयुक्तरुपमा हस्तान्तरण गरेका थिए । नगरपालिकालाई हस्तान्तरण गरिएको मास्क उद्योगी महेश मित्तलले उपलब्ध गराएको अध्यक्ष पनेरुले जानकारी दिए ।

यसैबीच, लामो लकडाउनका कारण बजारमा तरकारीको अभाव र चर्को मूल्य देखिएपछि संघले राष्ट्रिय उत्पादन तथा स्वाभिमान कार्यक्रमअन्तर्गत भद्रपुरको सबै वडाका तरकारी किसान तथा व्यवसायीलाई विभिन्न तरकारीको गुणस्तरीय बीऊ–बिजन उपलब्ध गराउने तयारी गरिएको पनि अध्यक्ष पनेरुले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्