भद्रपुर, बैशाख ११ । झापाका सांसदहरुले अहिले किसानहरुले बाली लगाउने बेला भएकाले कृषि मल र इन्धनका बारेमा सोच्नुपर्ने भएको बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण करिव एक महिनादेखि जारी लकडाउनले कृषकहरु समस्यामा परेकाले कृषि मल र इन्धनको व्यवस्थापन सहज बनाउने उनीहरुले निर्णय गरेका हुन् । त्यस्तै नेपाल भारत सीमामा अस्थायी सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मीहरुलाई खान र बस्न समस्या भएकाले त्यसको प्रबन्ध मिलाइने भएको छ । जिल्ला समन्वय समिति झापामा आज बसेको सांसदहरुको बैठकले कोरोना भाइरस रोकथाम तथा उपचारका विषयमा बिशेषगरी छलफल गरेको थियो । बैठकले मुस्लिम धर्मावलम्बीहरुको आसन्न रमजान पर्व घरमै मनाउन आग्रह गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको बैठकमा झापा जिल्लाका विभिन्न संघीय र प्रदेश सांसदहरुको सहभागिता रहेको थियो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्