अर्जुनधारा, बैशाख ११ । अर्जुनधारा नगरपालिका सरसफाइ अभियानका संयोजक कमल पोख्रेललाई पितृशोक परेको छ ।

उनका ८६ वर्षीय पिता गोपीकृष्ण पोख्रेलको बिहीबार दिउँसो निधन भएको हो । प्रेसर, सुगर र मुटु रोगबाट ग्रसित पोख्रेलको हृदयघातका कारण मृत्यु भएको कान्छा छोरा कमलले बताए । गोपीकृष्णको पार्थिव शरीरलाई अहिले मुल घर अर्जुनधारा — ७ स्थित डाँडागाउँमा ल्याइएको छ । उनी बिर्तामोडस्थिति छोरा राजकुमारकोमा बस्दै आएका थिए । १६ दिनअघि मात्र उनकी जेठी श्रीमतीको निधन भएको थियो । उनका दुई परिवारबाट ८ छोरी र ७ छोरा रहेका छन् । पोख्रेलको अन्त्येष्टि स्थानीय कैलाशघाटमा शुक्रबार बिहान १० बजे गरिने पोख्रेल परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्