झापा ,वैशाख १२ । आरडिटी परीक्षणमा झापा दमक नगरपालिका — ३ का एक व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको छ ।

करिब एक महिनाअघि दुबईबाट दमक घरमा आएका उनको आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन् । आरडिटीमा पोजेटिभ देखिएपछि उनको थ्रोट स्वाब थप परीक्षणका लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको छ । उनी चैत ४ गते दुबईबाट आएका हुन् । आरडिटी परीक्षणको रिपोर्टबाट मात्रै कोरोना संक्रमणको पुष्टि नहुने भएकोले आत्तिने अवस्था नभएको चिकित्सकले बताएका छन् । कोरोना भाइरस भए नभएको भने स्वाब परीक्षणबाट मात्रै टुंगो हुनेछ ।

यस अघि पनि झापा हल्दिबारीका एक व्यक्तिको आरडिटी परीक्षणमा पोजेटिभ देखिएको थियो । उनको पिसिआर परीक्षणमा भने नेगेटिभ रिपोर्ट आएको थियो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्