झापा, बैशाख १२ । १४औ लोकतन्त्र दिवसको अवसरमा नेवि संघ झापा र दमक नगरसमितिको आयोजनामा दमकमा रक्तदान कायक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ३१ जनाले रगत दान गरेका थिए ।नेवि संघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा महासमिति सदस्य मेदनी सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेवि संघ जिल्ला उपसभापति भवानी काफ्ले लगायतको उपस्थिति रहेको थियो ।कोषाध्यक्ष नवराज ढकाल,वरिष्ठ जिल्ला सदस्य सहदेब भट्टराई,जिल्ला सदस्यहरू बिशाल अधिकारी,नवराज न्यौपाने,मणि लिम्बू,अतित राई ,धिरज श्रेष्ठ ,आशिष लिम्बू,विपुल बास्तोला,नगर सभापति पासाङ तामाङ,सचिव मनिलुङ लिम्बू,दमक क्यापस इकाइ सचिब योगबहादुर खड्का सहसचिब सचिन श्रेष्ठ लगायतका नेता तथा बिधार्थीहरूले लकडाउनको पालन गर्दै देशमा रगतको अभाव हुन नदिन सामाजिक दुरी कायम गरी नेपाल रेडक्रस सोसाइटीको ब्लडबैकमै गएर रक्तदान गरेको संघका वरिष्ठ जिल्ला सदस्य सहदेब भट्टराईले जानकारी दिए । कोरोना भाइरस (कोभिड—१९) का कारण ३२ औ देखि लकडाउन जारी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्