बुधबारे, बैशाख १२ । वर्तमान सरकारले गरेको विभिन्न कार्यहरुप्रति तीव्र असन्तुष्टि जनाउँदै नेवि संघ बुद्धशान्तिले शुक्रबार बुधबारे चोकमा सांकेतिक विरोध गरेको छ ।

वर्तमान अवस्थामा सरकारले विश्व महामारीका रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमणलाई कसरी रोक्ने तथा लकडाउनको समयमा खान लाउन अप्ठ्यारो परिरहेका देशबासीहरुलाई कसरी सहज रुपमा राहत विरतरण गर्ने भन्ने विषयमा ध्यान नदिई सत्ता र शक्तिको दुरुपयोग गरेर दलीय अध्यादेश पारित गराएको विरोधमा नेवि संघ बुद्धशान्तिले सांकेतिक विरोध गरेको नेवि संघ बुद्धशान्तिका सभापति नरेश लावतीले बताएका छन्् ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीले सोमबारको मन्त्रिपरिषदको बैठकमा अकस्मात राजनीतिक दलसम्बन्धी कानुन संशोधन अध्यादेश जारी गरी त्यसैदिन राष्ट्रपति समक्ष पठाएर स्वीकृत गराएका थिए ।
नेवि संघ केन्द्रिय कार्यसमितिको निर्देशनअनुसार देशका सबै जिल्ला र स्थानीय तहमा सामाजिक दुरी कायम गरेर विरोध तथा कोणसभाका कार्यक्रम आयोजना गरिएका छन् । इलाका प्रहरी कार्यालय अगाडीबाट सुरु भएको र्याली बुधबारे तल्लो चौकको बालुवाटारमा गएर कोणसभामा परिणत भएको थियो ।

जिल्ला सदस्य तथा संचार विभाग प्रमुख गोकुल पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कोणसभालाई सरकारले गरेको अमर्यादित कार्यको तीव्र आलोचना गर्दैैं सभापति लावतीले आफ्ना भनाइसहित अन्त्य गरेका थिए ।
विरोध कार्यक्रममा नेवि संघ बुद्धशान्ति उपसभापति दिनेश खतिवडा, कोषाध्यक्ष उमेश भट्टराई, मनकामना कलेज नेवि संघ इकाई उपसभापति सुजन भण्डारीको उपस्थिति रहेको थियो । साथै झापाका अन्य विभिन्न स्थानहरुमा समेत सांकेतिक विरोध गरिएको नेवि संघ झापाका सभापति राजेन्द्र उप्रेतीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्