झापा,बैशाख १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार सरकारद्वारा जारी दुवै अध्यादेश खारेज गरेकी छन् ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको पत्र पठाएसँगै दुवै अध्यादेश राष्ट्रपतिले खारेज गरेकी हुन् । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद् बैठकले पारित गरेको दुवै अध्यादेश गत सोमबार जारी गरेकी थिइन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त अध्यादेश फिर्ता लिने निर्णय लिएको थियो। सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि बहुमतीय प्रावधानसहित पारित गरेको अध्यादेश पनि फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिले खारेज गरिदिएकी हुन्। मन्त्रिपरिषद्बाट फिर्ताको निर्णय भएपछि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने कानुनी व्यवस्था छ । वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो। ती अध्यादेश त्यही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो। कोरोना भाइरसको अभियानमा देश नै होमिएका बेला ल्याइएको अध्यादेशको आलोचना भइरहेका बेला राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको थियो।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भइरहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार दुई नेताबीच छलफल भइरहँदा प्रचण्ड पनि बालुवाटार पुगेका हुन्। विवादित बनेका दुईवटा अध्यादेश सरकारले फिर्ता लिएपछि तीन नेताबीच भेटवार्ता भएको हो । सरकारले विवादित अध्यादेश फिर्ताको निर्णयलगत्तै दुई नेताबीच भेट भएको हो। दुई नेताबीच भेट भइरहेका बेला प्रचण्ड पनि पुगेपछि तीन नेताबीच छलफल भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्