झापा, बैशाख १२ । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार ओली र देउवाबीच भेटवार्ता भएको हो । भेटमा प्रमुख प्रतिपक्षी दलका नेता देउवाले विवादित दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन्। सँगै सभापति देउवाले पछिल्लो राजनीतिक अवस्था र स्वास्थ्य संकटको विषयमा प्रधानमन्त्रीलाई विभिन्न ६ वटा सुझाव दिएका छन् । यसरी विभिन्न सुझाव दिने क्रममा देउवाले जनकपुरबाट सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याउनेलाई कारबाही गर्न मागसमेत गरेका छन् ।

‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ। तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ’, देउवाले प्रधानमन्त्रीलाई भनेको कुरा उद्धृत गर्दै कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको प्रेस नोटमा भनिएको छ, ‘मेरो माग यही छ। देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्