झापाको दमक नगरपालिका –३का एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमक बस्ने ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । प्रतिष्ठानमा शुक्रबार गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

बिहिबार दमकमा ७ जनामा गरिएको आरडीटी परीक्षणमा ३ जनामा भने पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएकामध्ये ती पुरुषका छोरा एक महिनाअघि दुवईबाट घर आएका हुन् । पोजिटिभ देखिएपछि पीसिआर परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना संकलन गरि पठाइएको थियो । उनकै परिवारका सदस्यमा पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्