दमक,१२ बैशाख । झापाको दमकमा एकजना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विहिबार दमक– ३ का एकै परिवारका तीन जनामा गरिएको र्यापिड टेष्टमा एण्टीवडी पोजेटिभ देखिएपछि उनीहरुमध्ये ६२ बर्षिय एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीरआर परीक्षणका क्रममा दमक ३ बस्ने ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । आरटीडी परीक्षणमा तीनै जनामा एण्टीवडी पोजेटिभ देखिएपछि उनीहरुको पीसिआर परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
त्यहाँ आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट भने पोजिटिभ आएको छ । संक्रमित पुरुषका श्रीमती र छोराको स्वाव परीक्षणमा भने पोजेटिभ नदेखिएको नगरपालिकाले जनाएको छ । पोजेटिभ देखिएका पुरुषका छोरा गत चैत ४ गते दुवईबाट घर आएका हुन् ।
यसैवीच , आज साँझ नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले ती पुरुषको धरानको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । योसंगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
यता दमक नगरपालिकाकी प्रवक्ता गीता अधिकारीका अनुसार दमक अस्पतालको आइसोलेसनमा ती संक्रमितसहित २ महिला गरी जम्मा ७ जना भर्ना गरिएको र उनीहरुको अवस्था सामान्य रहेको छ ।

आज शुक्रबारसम्ममा दमकका विभिन्न ३ वटा क्वारेन्टाइनमा ४१ जना रहेका छन् । दमक ४ स्थित मानसरोवरमा २१ जना, दाहाल प्रतिष्ठानमा ६ जना र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
बुधबारसम्म ९८ जनामा गरिएको आरडीटी परीक्षण मध्ये तीन जनाको पीसीआर परीक्षण मध्ये आज भने पहिलो पटक पोजिटिभ देखिएपछि दमकमा उच्च सर्तकता अपनाईएको छ । अहिले कोरोना पुष्टिभएसंगै नगरपालिकामा बैठक बसिरहेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्