झापा, १३ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड— १९) को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या आधा लाखबढी पुगेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ५२ हजार १८५ जनाको मृत्यु भएको छ । शुक्रबार मात्र त्यहाँ १ हजार ९३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको वल्डमिटर्सले जनाएको छ ।
हालसम्म अमेरिकामा कोरोना भाइरसका संक्रमित ९ लाख २५ हजार ३८ पुगेका छन् । शुक्रबार मात्र त्यहाँ एकैदिन हालसम्मकै बढी ३७ हजार ९६० नयाँ संक्रमित फेला परेको वल्डमिटर्सले जनाएको छ । साथै १ लाख १० हजार ४३२ संक्रमित भने पूर्णरुपमा निको पनि भइसकेका छन् ।

यसैबीच चीनको वुहानबाट फैलिएको कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार २४५ पुगेको छ । ताजा अपडेट अनुसार अहिलेसम्म कोरोना संक्रमितको संख्या २८ लाख ३० हजार ३८ पुगिसकेको छ भने ७ लाख ९८ हजार ६३८ जना निको भइसकेका छन् ।यसैबीच, ९ लाख ९५ हजार ८८३ वटा कोरोनाका केसहरु बन्द भइसकेका छन् भने १८ लाख ३४ हजार १५५ हजार वटा केसहरु एक्टिभ छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्