गौरादह, वैशाख १३ । झापाको गौरादह नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण विपद व्यवस्थापन राहत कोषमा १ लाखबढी नगद सहयोग उपलब्ध गराइएको छ ।

नेपाली कांग्रेस गौरादह नगर समितिले गौरादह नगरपालिकालाई १ लाख १११ रुपैयाँ उपलब्ध गराएको हो ।त्यहाँका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण गर्न सो रकम उपलब्ध गराइएको नेपाली कांग्रेस गौरादह नगर सभापति यादवराज सेडाईंले बताए ।नगर सचिवद्वय वेदप्रकाश सुवेदी ( बिदुर ) र नेत्र खड्का, नगर सदस्य दिपक खड्का, कांग्रेसका झापा जिल्ला सदस्य इमानसिंह तामाङ , गौरादह — ९ का वडाध्यक्ष सिताराम भट्टराई , नेविसंघ नगर सभापति बाबुराम नेपाल , पार्टीका क्षेत्रीय प्रतिनिधि सञ्जिव कार्की, गौरादह जेसीज अध्यक्ष तारा श्रेष्ठलगायतले रकम हस्तान्तरण गरेको गौरादह —९ का वडासदस्य कृष्ण गौतमले जानकारी दिए ।
गौरादह नगरपालिकाका नगर प्रमुख रोहितकुमार साह ,उपप्रमुख गिता भेट्वाल , प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई सो रकम हस्तान्तरण गरिएको हो । कांग्रेसले नगर समिति, शुभेच्छुक तथा दाताहरुबाट आर्थिक सहयोग जुटाएर नगरपालिकालाई सहयोग गरेको हो ।

त्यसैगरी नेपाली कांग्रेस गौरादह — २ नं. वडा समितिले सोही वडामा स्थापना गरिएको ‘फुड बैंक’मा खाद्य सामग्री जम्मा गरेको छ ।
वडा समितिले १७५ केजी चामल, ५० केजी नुन, २५ केजी दाल र १३ लिटर खानेतेल जम्मा गरेको वडा सभापति विजय कन्दङ्वाले बताए । वडा समितिले ११ हजार नगदसमेत राहत कोषमा जम्मा गरेको छ । गौरादह—२ का वडाध्यक्ष हेमन्त कार्की, वडा सदस्य उत्तम बस्नेत, नेपाली कांग्रेसका क्षेत्रीय उपसभापति ज्ञानेन्द्र खत्री, डिल्ली सेडाईं बाबुराम बस्नेत, इश्वर खत्री, गोपाल कोइराला, सन्जय दाहाल, डिल्ली काफ्ले लगायतको टोलीले सो सहयोग हस्तान्तरण गरेको हो ।
विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यले नगरपालिकाले प्रत्येक वडामा ‘फुड बैक’ स्थापना गरेको छ । ‘फुड बैक’ मा व्यक्तिगत तथा संस्थागत रुपमा सहयोग जुट्ने क्रम जारी रहेको नगर प्रमुख साहले बताए ।


प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्