झापा, बैशाख १४ । उत्तर कोरियाली शासक किम जोङ—उनको स्वास्थ्यलाई लिएर अहिले विभिन्न अड्कलहरु गर्न थालिएको छ ।

उत्तर कोरियाका सबैभन्दा ठूला नेता एवं आफ्ना हजुरबुवा किम—इल सुङको जन्मजयन्ती १५ अप्रैलमा भएको उत्सवमा उनी देखा परेनन् । हिजो शनिवार पनि किम जोङलाई उत्तर कोरियाको सैन्य स्थापना दिवसको अवसरमा देखिएन । जसबाट उनको स्वास्थ्य स्थितिलाई लिएर अड्कल गर्न थालिएको हो । न्यूजवीकमा छापिएको रिपोर्ट अनुसार अमेरिकाको गुप्तचर एजेन्सीले कुनै पनि असामान्य सैन्य गतिविधि पाएको छैन । तर, उसले स्थितिमाथि गम्भीरताकासाथ ध्यान दिइरहेको जनाएको छ ।

न्यूजवीकले पेन्टागनको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भनेको छ — हामीले कुनै पनि किसिमको संकेत वा थप जानकारी पाउन सकेका छैनौँ । जसको आधारमा उत्तर कोरियाली नेतृÞत्व किम जोङ—उनको स्वास्थ्यलाई लिएर कुनै ठोस मूल्यांकन गर्न सकियोस् ।’ तर अधिकारीहरुले यति भनेका छन् कि वोनसनमा रेल देखिनु र हालैको समारोहमा किमको अनुपस्थितिले उनी विरामी भएको समाचारलाई विश्वसनियता प्रदान गरेको छ ।. उत्तर कोरियाको सरकारी मिडियाले अन्तिम पटक ११ अप्रैलमा किम एक बैठकमा भएको समाचार दिएको थियो ।
वासिङ्टनस्थित उत्तर कोरिया मनिटरिङ्ग प्रोजेक्टले सैटलाइट इमेज हेरेर भनेको छ कि उत्तर कोरियाको वोनसन शहरमा एउटा रेल रोकिएको छ । जसलाई संभवतः किम जोङ —उनले प्रयोग गर्ने गरेका छन् । त्यो त्यही छ । मनिटरिङ प्रोजेक्ट ३८ नर्थले सो रेल २१ अप्रैलमा वोनसनमा लिडरशिप स्टेशनमा पार्किङ गरिएको थियो ।

मनिटरिङ प्रोजेक्ट ३८ नर्थको अनुसार त्यो रेल स्टेशन किम जोंग—उनको परिवारका लागि सुरक्षित राखिएको हो । त्यो समाचार एजेन्सी रोयटर्सले छापेको छ । मनिटरिङ समूहको रिपोर्टलाई रोयटर्सले स्वतन्त्र रूपमा पुष्टि गरेको छैन । समाचारमा किम जोङ—उन वोनसनमा भएको उल्लेख पनि गरिएको छैन ।

समाचारमा रेल थन्किदा किम जोङ—उन कहाँ छन् र उनको स्वास्थ्यको बारेमा कुनै पनि जानकारी नमिलेको जनाइएको छ । तर, उनी देशको सुदुर पूर्वी तटीय क्षेत्रमा रहेको उल्लेख गरिएको छ ।दक्षिण कोरियाको राजधानी सोलस्थित न्यूज वेबसाइट डेली एनकेको समाचार अनुसार किम जोङ—उन प्योङयाङकोे उत्तरी इलाका रिसर्ट काउन्टी अफ ह्यागसनमा उपचाररत रहेका छन् । डेली एनकेले सो समाचार उत्तर कोरियामा रहेको एक सुत्रलाई उद्धृत गरी छापेको हो । दक्षिण कोरियाली समाचार एजेन्सी न्यूजइजका अनुसार किम सायद कोविड १९ को संक्रणबाट जोगिन वोनसममा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्