बिर्तामोड । झापाको बाह्रदशीमा मुस्लिम समुदायका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

होम क्वारेन्टाइनमा बसिरहेका बाह्रदशी— ४ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमण फेला परेको हो । उनको दुई पटक आरडिटि परीक्षण गरिएको थियो । पहिलो परीक्षणमा नेगेटिभ देखिएपनि शंका लागेर हिजो अर्को परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसपछि उनको स्वाब परीक्षणका लागि पठाइएको थियो । त्यसको पिसिआर रिपोर्ट पोजेटिभ आएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले बताए । यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार उनीमा संक्रमण देखिएको हो ।

ती ब्यक्ति मुस्लिम धर्मगुरु जमाती भएको उनले जानकारी दिए । बाह्रदशी— ४ स्थित मस्जिदमा बस्दै आएका ती मुल्बी भारतबाट फर्केको जनाइएको छ । अहिले ती व्यक्तिलाई एम्बुलेन्समा कोरोना अस्पताल विराटनगर पठाउन लागिएको गाउँपालिका अध्यक्ष राजवंशीले बताए । यसअघि झापाको दमक ३ मा एक पुरुषमा कोरोना संक्रमण देखा परेको थियो ।योसँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। यीमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्