दमक ,१७ बैशाख । झापाको कमल गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन बनिने भएको छ ।

वडा कार्यालय भवन वनाउनका लागि लखनपुर खानेपानी कार्यालयमा डाकिएको सर्वपक्षीय भेलाले बलराम गजुरेलको अध्यक्षतामा निर्माण उपभोक्ता र जग्गादाता सन्तोष कार्कीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको वडाध्यक्ष डम्बर वहादुर निरौलाले बताए ।
नौ सदस्यीय गठित निर्माण उपभोक्ता समितिको सचिवमा नरेन्द्र कार्की र कोषाध्यक्षमा बिमला नेपाल तथा सदस्यहरुमा विरेन्द्र सुव्वा,नरमाया माझी,बालकृष्ण गौतम,भोजकुमार राई,पूण्यप्रसाद खतिवडा र चन्द्रकला आङदेम्बे रहेका छन् ।
यसैगरी जग्गादाता परिवारका तर्फवाट कार्कीको संयोजकत्वमा समेत पाँच सदस्यीय एक अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिको सदस्यहरुमा टिकाराज सापकोटा,खड्ग श्रेष्ठ,ओम प्रधान र छविलाल गुरागाई रहेका छन् ।
भवन वनाउन कार्की परिवारले कमल—५ स्थित खानेपानी पछाडिको १७ धुर जमिन दिएका छन् । त्यस जमिनसंगै सशस्त्र प्रहरीको जग्गासमेत उपयोग गरी यसैवर्षबाट भवन निर्माण शुरु गरिने वडाध्यक्ष निरौलाले बताए । भवन बनाउन प्रदेश सरकारवाट रु २५ लाख बिनियोजन भएको जनाईएको छ ।

हाल वडा कार्यालय पाडाजुंगीको एक भाडाको घरमा सञ्चालन हुँदै आएको छ । वडाको आफ्नै भवन नहुँदा दैनिक कार्यसम्पादनमा वडाबासीलाई कठिनाई हुँदै आएपछि आफ्नै भवन बनाउन प्रकृया थालिएको उनले बताए ।
यता वडा कार्यालयको भवन बनाउन समिति वनाईएकोप्रति सामाजिक सञ्जालमा विरोध पनि उठ्ेको छ । सर्वदलीय भनेर डाकिएको भेलाका बारे नेपाली कांग्रेसलाई जानकारी नै नभएको कांग्रेसका क्षेत्रीय सभापति धर्मानन्द भट्टराईले असन्तुष्टी जनाएका छन् । त्यस्तै,कांग्रेस कमलका सहसभापति राजु न्यौपाने, पाडाजुंगीका युवा धिरज श्रेष्ठलगायतले कोभिड १९ को यस विपदका समयमा खटिनु भन्दा वडाले सीमित मानिस भेला गराएर भवन बनाउनका लागि वनाएको समिति सर्वदलीय नभएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्