इलाम, वैशाख १७ । इलामका केही कृषक समूहले अर्गानिक खेतीलाई कसरी थप प्रोत्साहित गर्न सकिन्छ भनेर आन्तरिक छलफल गरिरहेका छन् । ती कृषक समूहले अर्गानिक खेतीलाई निर्वाहमुखी हुँदै निर्यातमुखी बनाउने उपाय र विधिका बारेमा छलफल केन्द्रित रहेको जनाइएको छ ।

यसक्रममा इलामको सूर्योदय नगरपालिका — १४ को पारिजात कृषक समूहले छलफल सम्पन्न गरेको अध्यक्ष देवमणी थापाले बताए । “ रासायनिक खेती, जीवनको क्षति“ भन्ने नारा तय गरिएको र त्यसलाई सार्थक बनाउन समूहमा छलफल भएको उनले जानकारी दिए । अर्गानिक खेतीलाई नै उत्पादनको आधार बनाएर स्वस्थकर कृषि उपजमा जोड दिने विषयमा समूह लागेको उनले जनाए । स्थानीय चुङ्माङ टोलमा गठित सो कृषक समूहले १९ जनालाई नगरपालिकाले उपलब्ध गराएको भिटामिन, किटनाषक औषधि लगायत वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए । सो कृषक समूहले नगरपालिकासँगको सहकार्यमा किसानलाई अर्गानिक खेतीमा प्रोत्साहन गरिरहेको पनि उनले बताए । उनले भने,“ अर्गानिक खेती बिस्तार नै समूहको लक्ष्य हो, हामी त्यसैमा केन्द्रित भएका छौँ ।“

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्