झापा , बैशाख १७ । बलिउड अभिनेता इरफान खानको निधनप्रति विश्वभरिका फ्यानसँगै फिल्मी कलाकारहरुले पनि दुख ब्यक्त गरेका छन् ।

उनको दुखद निधनप्रति लता मंगेश्करले ट्वीट गर्दै लेखेकी छन् ‘धेरै गुणी अभिनेता इरफान खानको निधन भएको खÞबर सुन्दा मलाई दुख लाग्यो । म उहाँप्रति विनम्र श्रद्धाञ्जली अर्पण गर्दछु ।’ सुपरस्टार अमिताभ बच्चनले ट्वीट गरी भनेका छन् , ‘इरफानको निधनको खबर सुनेँ । यो साह्रै नराम्रो र उदास बनाउने समाचार हो । एक अद्भुत अभिनेता, एक प्रिय साथी, चलचित्रें संसारमा अहम् भूमिका निभाउने इरफान यति छिटो संसारबाट विदा भए । इरफानको निधनलाई लिएर ट्वीट मार्फत निर्देशक अनुभव सिन्हा , अभिनेत्री सोनम कपूर, निर्देशक करण जौहर, अभिनेता अक्षय कुमारले पनि दुख ब्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्