दमक,१८ बैशाख । झापाको कमल गाउँपालिका— ५ पाडाजुंगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले आज विपन्न समुदायका लागि वितरण हुने गरी रु १ लाख १४ हजार बरावरको चामल दुई पालिकालाई दिएको छ ।

कोभिड— १९ को संक्रमण हुन नदिन गरिएको वन्दाबन्दीका कारण मर्कामा परेका अतिविपन्न परिवारलाई चामल उपलव्ध गराउने उद्देश्यले कमलसहित गौरादह नगरपालिकालाई ती खाद्यान्न दिएका हुन् । सहकारीका व्यवस्थापक राजु थापाका अनुसार मुख्य कार्यालयसहित कमलकै केर्खा र गौरादह सेवा केन्द्र भएका पालिकालाई ती खाद्यान्न प्रदान गरिएको हो । आफ्नो सदस्य भएका वडाका विपन्न समुदायलाई लक्षित गरी सो राहत उपलव्ध गराइएको उनले बताए ।

सहकारीले मुख्य कार्यालय रहेको कमल ५सहित ६,७, केर्खा सेवा केन्द्र अन्तर्गतका कमल ३,४ गरी ५ वटा वडा कार्यालयलाई जनही १५ वोरा र गौरादह नगरपालिकाको राहत कोषमा एकमुष्ठ ३७ बोरा चामल बुझाइएको अध्यक्ष बालकृष्ण गौतमले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्