दमक,१८ बैशाख । सामाजिक क्षेत्रमा क्रियाशील मुगाधन कृष्ण कुमारी राई स्मृति प्रतिष्ठानले दमक— १० का एक अशक्त परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

सहयोग हस्तान्तरण गर्दै

प्रतिष्ठानकी अध्यक्षसमेत रहेकी प्रतिनिधिसभा सदस्य महेन्द्रकुमारी लिम्बूले मेरुदण्ड भाचिएका अशक्त उदयराज कार्कीको परिवारलाई चामल,दाललगायतका खाद्यान्न सहयोग गरेको सचिव पर्शुराम रिजालले बताए ।आज पीडितको घरमै पुगेर खाद्यान्न वितरण गरिएको कार्यक्रममा प्रतिष्ठानसहित नेपाली कांग्रेस दमक— १० का सभापति घनश्याम खनाल, संस्थाका सदस्य सैगुन राई, नेपाल महिला संघका बडा सभापति निर्मला खनाल, कांग्रेस नगर सदस्य भानु न्यौपाने, स्थानीय प्रेम गौतम,लिला गौतमलगायतको उपस्थिति रहेको थियो ।

४७ बर्षिय कार्कीको केही दिनअघि रुखमा चढेर घाँस काट्ने क्रममा अचानक रुखबाट लड्दा मेरुदण्ड भाँचिन पुगेको थियो । कम्मर मुनिको भाग चल्ने अवस्थामा छैन । उनलाई तत्काल उपचारको लागि विराटनगरस्थित नोबेल अस्पतालमा लगेपनि उपचार गर्ने ५ लाख रकम नहुँदा घरमै ल्याउन बाँध्य हुनुपरेको विपन्न कार्की परिवारको दुखेसो छ ।
उनको पत्नी, दुई छोरा र एक छोरी रहेका छन् । भाडाको घरमा बस्दैआएका कार्की परिवारले उदयराजको उपचारको सहयोगका लागि याचना गर्दै आएका छन् ।
यसअघि समेत सांसद लिम्बूले दमककै एकमात्र महिला एम्बुलेन्स चालक लिला बास्ताकोटीलाई निडरका साथ एम्बुलेन्स गाडी चलाउदै आएकोमा प्रशंसा गर्दै ४ हजार नगदसहित पुरस्कृत गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्