झापा, १८ बैसाख । नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सबै प्रकारका संचार गृह र संचारकर्मीका लागि विशेष राहत प्याकेज ल्याउन सबै तहका सरकारसंग माग गरेको छ ।

Print

आज सम्पन्न फोनिज संघीय समितिको भर्चुअल बैठकपछि जारी प्रेस विज्ञप्तिमार्फत संचारगृह र संचारकर्मीका लागि राहत घोणषा गर्न माग गरिएको हो । फोनिजका संगठन सचिव मिलन लिम्बूद्धारा जारी प्रेस विज्ञप्तिमा सबै प्रकारका सञ्चार गृह र संचारकर्मीका लागि विशेष प्याकेज ल्याउन सबै तहका सरकारलाई आग्रह गरिएको छ । त्यस्तै, कठिन अवस्थामा समाचार संकलन गर्ने पत्रकारका लागि आवश्यक सामग्री उपलब्ध गराउन सम्बन्धित सञ्चार गृहलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

सं

कटको वहानामा कुनै पनि पत्रकारलाई निस्काशन र तलब कटौती गर्नु गलत रहेको भन्दै फोनिजले त्यस्तो काम नगर्न संचार गृहलाई आग्रह गरेको छ । साथै, सम्बन्धित सञ्चार गृहले उपलब्ध गराएको परिचय–पत्रको आधारमा निर्वाध समाचार संकलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गरेको फोनिजले संकटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारहरूलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्