राजगढ, बैशाख १८ । कोरोना संक्रमण देखिएपछि सिल गरिएको बाह्रदशी— ४ मा आज आगलागी भएको छ ।

फाइल तस्वीर

दिउँसो ४.३० बजेतिर बाह्रदशी —४ चकचकी बस्ने सजाबो मियाको घरमा आगलागी भएको हो । आगलागीबाट उनको बाँसको बेरा र टिनको छाना भएको भान्सा घर जलेर नष्ट भएको छ । आगलागीबाट भान्सा घरमा रहेको चामल, लताकपडा, भाडावर्तन ,मिटर बक्स, साइकल र कुखुरा जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आज बिहान दमक ३ बेलडाँगी भुटानी शिविरको बी थ्री हट न.२६० बस्ने टिकाराम चापागाईको घरबाट अचानक आगलागी हुँदा उनकोसहित ४ वटा छाप्रा जलेर नष्ट भएको छ । आगलागीबाट चापागाईको टिनको छानो,टाटीबेरा भएको घर,अन्नपात,लताकपडा.,भाडावर्तन,नगद १५ हजार , हट न.२५९ बस्ने पदम चापागाईको टिनको छानो,टाटीबेरा भएको घर,अन्नपात,लताकपडा,भाडावर्तन,नगद ५, लाख,हट नं.२५८ बस्ने रुपनारायण दुलालको टिनको छानो,टाटीबेरा भएको घर,अन्नपात,लताकपडा,भाडावर्तन तथा हट न.२५७ बस्ने हर्कबहादुर सुब्बाको टिनको छानो ,टाटीबेरा भएको घर,अन्नपात,लताकपडा र भाडावर्तन जलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्