कमल , वैशाख १९ । गिरिजाप्रसाद कोइराला फाउन्डेसन झापाले चौथो चरणअन्तरगत कमल गाउँपालिकाका तीनवटा वडामा चाउचाउ वितरण गरेको छ ।

फाउन्डेसनले कमल —२, ३, र ४ नम्बर वडामा २० कार्टुनका दरले चाउचाउ वितरण गरेको हो । फाउन्डेसनका सचिव महेन्द्र भट्टराईका अनुसार अतिविपन्नलाई वितरण गरिदिनका लागि नेपाली कांग्रेस कमल —२ का वडा सभापति महेन्द्र खत्री,काजी श्रेष्ठ, जर्मन खड्का , कमल — ३ का पार्टीका वडा सचिव भुवन चम्लागाईं, क्षेत्रीय प्रतिनिधि गौरीमान फागो ,नेका कमल सचिव लोकनाथ खनाल र वडा नम्बर ४ का वडा सचिव डम्बर गुरुङ, क्षेत्रीय प्रतिनिधि बिष्णु बेघा, नेपाल महिला संघ कमल सभापति दीपा गौतमलाई २० — २० कार्टुनका दरले चाउचाउ हस्तान्तरण गरिएको हो । उनीहरुले बिपन्न परिवारको पहिचान गरी चाउचाउ वितरण गर्ने फाउन्डेसनले जनाएको छ । चुल्हो बाल्न नै धौधौ परिरहेका र वडाका अति विपन्न नागरिकलाई नास्तासम्म भएपनि खुवाउने अभियानअन्तरगत चाउचाउ हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनका संयोजक बुद्धिराज न्यौपाने, जिल्ला सदस्य वीरभद्र पोखरेल, पार्टीका क्षेत्रीय प्रतिनिधि बद्री साम्पाङ , स्थानीय कांग्रेस नेता प्रमोद दाहाल, नेविसंघ कमल उपसभापति निशान्त रिमाललगायतको उपस्थितिमा चाउचाउ हस्तान्तरण गरिएको सचिव भट्टराईले जनाए । हस्तान्तरण गरिएकोमध्ये ३० कार्टुन काठमाडौँ बुढानिलकण्ठ नगरपालिकाका बटु लामिछानेले र ३० कार्टुन फाउन्डेसनले व्यवस्थापन गरेको हो ।

यसअघि फाउन्डेसनले कमल ५, ६ र ७ मा ४५ कार्टुन चाउचाउ, कमल — १ धाधर गाउँका कुष्ठ तथा क्षयरोगले थलिएका श्रीप्रसाद राईलाई खाद्यान्न र जिल्लाका विभिन्न स्थानीय तहमा समेत सहयोग गरिसकेको फाउन्डेसनका संयोजक न्यौपानेले जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्