बिर्तामोड, वैशाख १९ । कोरोना संकट शुरु भएसँगै गृह जिल्ला फकिर्नेको संख्या बढ्दो छ । गत १२ गतेदेखि पूर्वी जिल्ला झापा, इलाम, पाँचथर, ताप्लेजुङमा उपत्यका साथै अन्य जिल्लाबाट २ हजार ७ सय ६५ जना नागरिक भित्रिएका छन् । गृह जिल्ला फर्किने अधिकांशलाई स्थानीय तहले सवारी साधनको व्यवस्था गरेका हुन् ।
झापाका १९ सय १४ जना, इलामका १ सय ६९ जना, पाँचथरका ३ सय १ जना र ताप्लेजुङका ६ सय ८१ जना नागरिक जिल्ला फर्केको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । फर्किनेको विवरसमेत राखिएको पण्डित बताउँछन् । “पछिल्लो समय कोरोनाको त्रास बढ्दो छ” पण्डितले भने, “भोली गएर महामारी नफैलियोस् भनेर जिल्ला फर्किनेको पूरा विवरण राखेका हौँ ।”
पछिल्लो समय दमकमा एकजना कोरोना संक्रमित फेला परेसँगै जिल्ला फर्किनेको मोरङ र झापाको सिमाना ताराबारी ढाँटमा ज्वरो नाँपेर मात्र दमक प्रवेश गराउन थालिएको छ । रेडक्रस दमकको पहलमा यात्रुको ज्वरो नापेर मात्र प्रवेश गराउन शुरु गरिएको हो । जुनसुकै ठाउँबाट आएका यात्रुको ज्वरो नापिने रेडक्रस दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्