झापा , वैशाख, १९ । जापानको ‘ग्राण्ड कार्डन अफ दि अर्डर अफ दि राईजिङ सन अवार्ड’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिइने भएको छ ।

नेता पौडेललाई जापान सरकारले सो अवार्ड दिन लागेको हो ।
जापानस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्ति निकालेर जापान सरकारले यो वर्षको सो अवार्ड पूर्व सभामुख समेत रहेका पौडेललाई दिने निर्णय गरेको जनाएको कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन् । नेपाल–जापानबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत यस्तो अवार्ड प्रदान गर्ने निर्णय गरेको दूतावासले विज्ञप्तिमा लेखेको प्रसाईंले जनाएकी छन् ।

पौडेलले नेपालको प्रतिनिधिसभाको सभामुख भएको बेलामा जापान—नेपाल फ्रेन्डशिप पार्लियामेन्टेरियन कमिटी गठन गरेर सांसदहरूका बीचमा अनुभव साटासाट गर्न भूमिका खेलेको जापानी दूतावासले निकालेको विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्