बिर्तामोड, बैशाख १९ । मदरसा तालिमुल कुरान बिर्तामोड— ३ ले खाद्यान्न अभावको समस्या भोगिरहेका अतिविपन्न ८० परिवारलाई राहत वितरण गरेको छ ।

प्रतिपरिवार २५ केजी चामल, २ केजी चना, १ केजी दाल, १ लिटर खानेतेल, आधा केजी चिनी र १ केजी नूनका दरले राहत वितरण गरिएको मदरसाका अध्यक्ष अफ्रोज खानले बताए । उनले बिर्तामोड नगरपालिकाले छुटाएका विपन्न परिवारको खोजी गरी उनीहरुलाई सहयोग गरेको जानकारी दिए ।

मुस्लिम समुदायका विभिन्न दाताहरुबाट सो सहयोग संकलन गरिएको थियो । खाद्यान्न ढुवानीका लागि बिर्तामोड नगरपालिकाले सवारी साधनको व्यवस्था मिलाईदिएको अध्यक्ष खानले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्