भद्रपुर, बैशाख १९ । भद्रपुर —५ स्थित क्रिश्चियन रिभाइवल चर्चले भोकमरीको समस्यामा पर्न लागेका अतिविपन्न ५३ परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

प्रतिपरिवार २५ केजी चामल, १ पोका खानेतेल र १ केजी नूनका दरले राहत वितरण गरिएको चर्चका पाष्टर सतालसिंह राजवंशीले बताए । उनले कोरोेना भाइरसको महामारीका कारण लगाइएको लकडाउनले प्रभावित भएका ज्यालादारी गर्ने परिवारहरुलाई राहत बाँडिएको जानकारी दिए । चर्चको ५० हजार रुपैयाँको कोषमा टेकबहादुर राईले १४ हजार ६२४, चक्र लामाले ७ हजार ५०० र होमबहादुर सिँजालीले २ हजार रुपैयाँ सहयोग गरेका थिए ।

जम्मा ७४ हजार २०९ रुपैयाँ संकलन भएकोमा ७६ हजार ३४५ रुपैयाँ बराबरको राहत वितरण गरिएको पाष्टर राजवंशीले बताए । भद्रपुर— ५ का बासिन्दालाई राहत वितरण गरिएको कार्यक्रममा वडाध्यक्ष बन्धु कार्कीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्