दमक, बैशाख २१ । झापाको दमकमा एक बृद्धबाहेक कसैमा पनि कोरोना भाइरसको थप संक्रमण नभएको नगरपालिकाले जनाएको छ ।

दमक नगरपालिका वडा नम्बर ३ मा गत बैशाख १२ गते ६२ बर्षिय बृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्तिसंग प्रत्यक्ष सम्पर्कमा आएका अन्यमा पनि संक्रमण फैलिएको हुन सक्ने भन्दै गरिएको कोरोना जाँचको नतिजा नेगेटिभ आएको छ । दोस्रो चरणको पिसिआर परीक्षणको नतिजा पनि सवै नेगेटिभ आएको दमक नगर स्वास्थ्य शाखाका प्रमुख रामबृक्ष चौधरीले वताए ।
दुई दिनअघि कन्ट्याक ट्रेसिङका आधारमा पहिचान गरिएका २६ जनाको थ्रोट स्वाब नमुना परीक्षणको नतिजामा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको उनले वताए । पिसिआरका लागि थ्रोट स्वाब धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको पठाइएको थियो ।

नगरपालिकाकी प्रवक्ता गीता अधिकारीले दोश्रो पटक गरिएको पिसिआर परीक्षणमा समेत कसैमा पनि संक्रमण नदेखिएको वताईन् । यसअघि पहिलो चरणमा गत बैशाख १४ गते संक्रमित आसपासका ५४ जनामा गरिएका परीक्षणमा पनि कसैलाई कोरोना देखिएको थिएन् ।
हाल दमक नगरपालिका ४ स्थित मानसरोवर कलेजको क्वारेन्टाइनमा ११ जना तथा वडा नं ६ स्थित जामे मस्जिदमा १४ जना गरी जम्मा २५ जना बसेका छन् । त्यस्तै,दमक अस्पतालको आइसोलेसनमा ३ जना उपचाररत छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्