झापा, वैशाख २१ । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले समग्रमा सामाजिक परिवर्तनका लागि समाजको ऐनाको रूपमा कार्य गर्नु नै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता भएको स्पष्ट परेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा आज प्रेस नोट जारी गर्दै सभापति थापाले प्रेस स्वतन्त्रता दिवस विश्वका १८० देशहरूले स्वतन्त्र अभिब्यक्ति दिवसको रूपमा बिभिन्न कार्यक्रम सहित मनाउँदै आएको उल्लेख गरेका छन् । अफ्रिका महादेश नामबियाको विण्डहक शहरमा २९ अप्रिलदेखि ३ मार्चसम्म संचालन भएको संयुक्त राष्ट्रसंघको साधारणसभामा अफ्रिकी समाचार माध्यमहरूले प्रेस स्वतन्त्रताको लागि उठाएको आवाज नै इतिहासमा प्रेस स्वतन्त्रताको पहिलो कसीको रूपमा रहेको प्रेस नोटमा उल्लेख छ ।

विभिन्न माध्यमबाट सूचना संकलन गरी नैतिक मूल्य र मान्यतामा रही राजनीति, भ्रष्टचार, सदाचार, सुशासन,प्रशासन,स्वस्थ्य, मर्यादित, निष्पक्ष, हिंसा,जवाफदेही पूर्णरूपमा आफ्ना बिचारहरूलाई सम्प्रेशण गरी जनचेतना अभिबृद्धि गर्नु प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता भएको उनले जनाएका छन् ।सभापति थापाले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता दिवसको अबसरमा सबैमा शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्