इलाम, बैशाख २१ । इलाम नगरपालिकाले खानेपानी महशुल र घरभाडामा २० प्रतिशत छुट दिने भएको छ ।

इलाम नगरपालिका कार्यालय

कोरोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारको निर्णयानुसार लकडाउनको अवस्था लम्बिएको कारण इलाम नगरपालिकाले आगामी सातौ नगर सभाबाट अनुमोदन गराउने गरी चैत्र र बैशाख महिनाकोे खानेपानी मशहुल र इलाम नगरपालिकाअन्तर्गत रहेका सटर पसलहरुको घरभाडामा २० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

यसैगरी इलाम नगरपालिकाले नेपाल सरकारको निर्णयानुसार जरिवाना समेतमा छुट दिने निर्णय गरेको नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्