मेचीनगर, बैशाख २१ । झापाको मेचीनगर— ११ स्थित धाइजन स्वास्थ्य केन्द्र क्वारेन्टाइनमा रहेका ९ जनालाई आज आफन्तको जिम्मा लगाईएको छ ।

मेचीनगर नगरपालिका कार्यालय

क्वारेन्टाइनमा रहेका नौजनाको नोवल कोरोना भाइरस (कोभिड—१९) को एन्टीबडी परीक्षण गरिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य कार्यालय झापाको संयुक्त टोलीले त्यहाँ रहेका ९ जनाकोे र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको थियो ।
स्वास्थ्यकर्मीको टोलीले उनीहरुसहित आज नगरका विभिन्न वडाका १२ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरेको स्वास्थ्य शाखा संयोजक शशीकला राईले बताइन् । यसैगरी नगरको वडा नम्बर २ र ४ का ८ जनाको पीसीआर माध्यमबाट थ्रोट स्वाब संकलन गरी परीक्षण गरिएको छ ।

यसैगरी वडा नम्बर २ स्थित मेची जनसाधारण माध्यमिक विद्यालयमा रहेका ४६ जना भारतीय नागरिकमध्ये ४३ जनाको स्क्रिनिङ र ३ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्