बिर्तामोड, वैशाख २३ । कोरोना भाइरस महामारीको अहिलेको विषम् परिस्थितिमा विपन्न, गरीव तथा असहाय परिवारलाई सहयोग गर्न झापामा शुरु भएको ‘एकका लागि एक’ अभियानलाई बिर्तामोड उद्योग वाणिज्य संघले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

सहयोग प्रदान गर्दै

एक परिवारले अर्को एक विपन्न परिवारलाई सहयोग गर्ने अभियान अन्तर्गत संघले उक्त रकमको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई हस्तान्तरण गरेको हो । मंगलवार संघको तर्फबाट अध्यक्ष कुमार भट्टराई, निवर्तमान अध्यक्ष बलराम कार्की, पूर्व अध्यक्षहरु उमेश डालमिया, मोहन ढकाल, राजेन्द्रकुमार थापा, वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटीले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका थिए । चेक हस्तान्तरण समारोहमा बोल्दै अभियानका संयोजक गिरीले एक विपन्न परिवारका लागि दुई हजार रुपैयाँको खाद्य सामग्रीको प्याकेज बनाइएको बताए । उनका अनुसार हालसम्म २५ लाख रुपैयाँ संकलन भई स्थानीय सरकारको समन्वयमा अति विपन्नको पहिचान तथा राहत वितरण शुरु गरिएको छ । अभियान अन्तर्गत ४० लाख रुपैयाँ संकलन गरी दुई हजार परिवारलाई राहत पुर्याउने लक्ष्य रहेको गिरीले बताए ।

शुरुमा अभियानको लक्ष्य एक हजार परिवारलाई राहत पुर्याउने थियो । सहयोगी हातहरुले स्वस्फूर्त रुपमा सहयोग रकम जम्मा गर्ने क्रम बढेपछि अभियानलाई विस्तार गरिएको बताइएको छ । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी प्रशान्तले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्