मेचीनगर, वैशाख २३ । झापा मेचीनगर नगरपालिका —१४ दुवागढीको नमुना विद्यालयमा चट्याङ परेर आगलागी भएको छ ।

क्षतिको विवरण संकलन गर्दै प्रहरी 

आज दिउँसो परेको चट्याङले बाल सुबोधिनी आधारभूत विद्यालयको कार्यालयमा आगलागी भएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले बताए । आगलागीबाट विद्यालयमा जडान गरिएको मिटरबक्स र सम्पूर्ण वाइरिङ जलेर नस्ट भएको छ ।

प्रधानाध्यापक थापाका अनुसार विद्यालयको प्रशासनिक कार्यालय र कक्षा कोठामा जडान गरिएका २७ वटा पंखा , मोटर सहितका सामग्रीमा क्षति पुगेको छ । भौतिक क्षति भएपनि विद्यालय बन्द भएका कारण मानवीय क्षति हुनबाट जोगिएको छ । के कति रकम बराबरको क्षति भयो त्यो यकिन भैनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्