माङसेबुङ ,बैशाख २३ । इलामको माङसेबुङ गाउँपालिकाले वनाएको राहत कोषमा नेपाली कांग्रेस माङसेबुङ गाउँ समितिले १ लाख ५० हजार ५ रुपैयाँ राहत सहयोग दिएकोे छ ।

चेक हस्तान्तरण गर्दै

माङसेबुङ गाउँपालिकाको कार्यालयमा पुगेर कांग्रेस गाउँ सभापति इन्द्र सम्बाङफेले गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गो, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी र लेखा अधिकृत मञ्जु भट्टराईलाई संयुक्त रुपमा राहत सहयोग हस्तान्तरण गरेका हुन् ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउनबाट प्रभावित विपन्न परिवारलाई पालिकामार्फत राहत दिन सो सहयोग गरिएको नेपाली कांग्रेस गाउँ सचिव सुमन खनालले बताए ।पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुबाट स्वेच्छिक सहयोग संकलन गरिएको उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष इदिङ्गोले सहयोगका लागि नेपाली कांग्रेसलाई धन्यवाद दिदै यो महामारीलाई नियन्त्रण गर्न सम्पूर्ण राजनीतिक दलसहित गाउँबासीहरु एक भएर अगाडि बढ्न अपिल समेत गरे । यसअघि गाउँपालिकालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा )गाउँ कमिटीले १ लाख बराबरको राहत सामग्री उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्