कमल,बैशाख २३ । झापाको कमल गाउँपालिकाको कोरोना रोकथाम तथा राहत कोषमा नेपाली कांग्रेसले आज नगद सहयोग गरेको छ ।

नगद हस्तान्तरण गर्दै

कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बूले ब्यक्तिगत रुपमा उपलब्ध गराएको २५ हजार रुपैयाँ र कांग्रेस कमल गाउँ समिति अन्तर्गत सबै वडाका कार्यकर्ताहरुबाट संकलन गरिएको ३० हजार रुपैयाँसहित कुल ५५ हजार रुपैयाँ गाउँपालिकालाई हस्तान्तरण गरिएको पार्टीका गाउँ सहसभापति राजकुमार न्यौपानेले बताए ।

आज गाउँपालिका पुगेर सांसद लिम्बूसहित पार्टीको स्थानीय नेतृत्वले गाउँपालिका अध्यक्ष मेनुका काफ्लेलाई सो रकम हस्तान्तरण गरेको हो । राहत हस्तान्तरण कार्यक्रममा पार्टी गाउँ सभापति खगेन भण्डारी,पूर्व महाधिबेशन प्रतिनिधि राजन ढुंगानालगायतको उपस्थिति रहेको थियो ।
यसअघि सांसद लिम्बूले झापा क्षेत्र नम्बर ५ का चार स्थानीय तहहरु दमकमा १० हजार तथा गौरादह र गौरीगञ्ज गाउँपालिकाले बनाएको राहत कोषमा जनही २५ हजारका दरले ब्यक्तिगत रुपमा सहयोग प्रदान गरेकी थिईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्