झापा, बैशाख २४ । कोरोना निको भई घर फर्केका बीरगञ्ज र काठमाडौंमा तीन जनालाई पुनः कोरोना भाइरस देखिएको छ ।

सनसिटी अपार्टमेन्ट

पाटन अस्पतालबाट कोरोना मुक्त सनसिटी अपार्टमेन्टमा बस्ने एक जना युवा र बीरगजका २ जनालाई कोरोना देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा पुनः कोरोना पोजेटिभ देखिएको बताए । हाल उनी निरन्तर फलोअपका लागि अस्पताल गइरहेका छन् । उनी र उनकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए ।

प्रबक्ता देवकोटाले वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना मुक्त भएका दुई जनामा छ दिनपछि परीक्षण गर्दा पुनः कोरोना पोजेटिभ देखिएपछि अहिले पुनः आइसोलेसनमा राखिएको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्