झापा, बैशाख २४ । वीरगञ्जमा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रेस ब्रिफिङमा डा. देवकोटा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा डा. विकास देवकोटाले जानकारी दिए । निको भएर २२ जना घर भएकामध्ये तीन जनालाई पुनःसंक्रमण भई अस्पताल ल्याइएको छ ।

दुई महिनाको शिशुमा समेत देखियो कोरोना

नेपालमा पहिलो पटक दुई महिनाको शिशुमासमेत कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार बुधबार पर्साका दुई महिनादेखि ६६ वर्षसम्मका गरेर १७ जनामा कोरोना पुष्टि भएको हो। जसमध्ये सात महिला र १० पुरुष छन्। यो सँगै  संक्रमितको संख्या ९९ पुगेको छ । २२ जना भने निको भएका छन् ।प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पिसीआर विधिबाट १४ हजार ९६ नमुना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ५२ हजार ९ सय ७० जनामा कोरोना परीक्षण भएको छ ।  प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ९ सय ९१ नमुना परीक्षण भएका छन् । अहिलेसम्म क्वारेन्टाइन १९ हजार सात सय ३४ जनाको उपचार भइराखेको छ । 

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्