दमक, बैशाख २४ । संविधानसभाका सदस्य तथा नेपाली कांग्रेसका नेता विश्वदिप लिङ्देन अस्वस्थ्य भएका छन् ।

उपचाररत लिङ्देन

जन्डिससहित मुटु रोगसम्बन्धी समस्याले विरामी भएका उनी साता दिनदेखि विराटनगरको नोवल शिक्षण अस्पतालमा उपचाररत छन् ।
उनको मंगलवार चिकित्सकहरुले मुुटुको एन्जियोग्राफी गरेको र स्वास्थ्य अवस्था सुधार भईरहेको अस्पताल स्रोतले जनाएको छ । विरामी लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न आज नेपाली कांग्रेस दमकको एक टोली अस्पताल पुगेको थियो । टोलीमा कांग्रेस नगर सभापति रोशन विष्ट, महाधिबेशन प्रतिनिधि घनेन्द्रराज योङ्या,जिल्ला सदस्य विक्रम अधिकारीसहितका नेताकार्यकर्ता थिए ।

अस्पताल पुगेका सभापति विष्टले पार्टीका नेता लिङ्देनको स्वास्थ्य अवस्था सुधार हुदै आएको वताए । दुई चार दिनमा डिस्चार्ज हुने चिकित्सकको भनाई उद्धृत गर्दै विष्टले नेता लिङ्देनको छिट्टै स्वास्थ्य सुधार भएर नियमित काममा फर्किने बताएका छन् । साविक झापा क्षेत्र नम्बर ७ वाट पहिलो संविधानसभाका निर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार भएका उनले हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हराएर निर्वाचन जितेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्