कमल, बैशाख २५ । झापाको कमल गाउँपालिकाले बनाएको कोरोना भाइरस रोकथाम ,नियन्त्रण तथा राहत कोषमा नेकपा कमल गाउँ कमिटीले रु १ लाख ८७ हजार वढी जम्मा गरेको छ ।

सहयोग हस्तान्तरण गर्दै

गाउँ कमिटीले आफ्ना पार्टी कार्यकर्ताहरुवाट संकलन गरेको १ लाख ८७ हजार २ सय रुपैयाँ कोषमा बुझाईएको पार्टीका गाउँ कमिटी सचिव रविन गुरुङले जानकारी दिए ।
पार्टी गाउँ कमिटी अध्यक्ष भीम राईसहितका कार्यकर्ताहरुको एक टोली गाउँपालिका पुगेर संकलित राहत रकम गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेलाई हस्तान्तरण गरेको थियो । कोरोना भाइरस नियन्त्रण तथा लकडाउनका कारण खानबाट बञ्चित हुँदै आएका परिवारलाई खाद्यान्न सहयोग पुर्याउन सो सहयोग गरिएको अध्यक्ष राईले बताएका छन् ।

गाउँपालिकाले सातै वडामा वडा कार्यालयको समन्वयमा दोश्रो चरणको राहत वितरण गर्नुका साथै थप राहत वितरणको तयारी भईरहेको अध्यक्ष काफ्लेले बताईन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्