दमक, बैशाख २५ । सडक दुर्घटना तथा रक्तदानसम्बन्धी जनचेतनामूलक कार्यमा सक्रिय संस्था जीवन चक्र समाज नेपालले कोरोना भाइरस नियन्त्रणका लागि सीमामा खटिएका सुरक्षाकर्मीहरुलाई पानी वितरण गरेको छ ।

फाइल तस्वीर

सीमामा खटिएका सशस्त्र प्रहरीहरुलाई पिउने पानी अभाव भईरहेको वेला समाजको सक्रियतामा संकलित ५७ कार्टुन पानी वितरण गरिएको हो ।
समाजको अगुवाईमा विभिन्न व्यक्तिबाट स्वेच्छिक रुपमा संकलन गरिएको ५७ कार्टुन पानी वितरण गरिएको सचिव वेनुराज प्रसाईले जानकारी दिए । उनका अनुसार सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य सुरेन्द्रकुमार श्रेष्ठबाट २१ , समाजका सचिव प्रसाईवाट २१ , संगम स्वीट्सका सञ्चालक बिमल शर्माबाट १० र जयप्रसाद प्रसाईंवाट ५ कार्टुन पानी उपलव्ध भएको थियो ।

संकलित पानी गौरीगञ्ज— १ स्थित सीमामा खटिएका सशस्त्र प्रहरी बेस क्याम्पलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष गणेश गौतमले बताएका छन् । सीमामा आउँजाउँका कारण कोरोना संक्रमण फैलिन सक्ने भन्दै सरकारले सीमामा सुरक्षाकर्मी परिचालन गरेको छ । त्यस्ता सीमामा टहरा वनाई सशस्त्र प्रहरीले निगरानी गर्दै आएको छ । तर सीमा खटिएका प्रहरीहरु शुद्ध खानेपानीको अभावसंगै हावाहुरी र वर्षाका कारण समस्या झेल्दै आएका छन् । समाजका अध्यक्ष गौतम सीमामा खटिएका प्रहरीहरुको दैनिकी कष्टकर भएकाले राज्यले त्यसको आधारभूत व्यवस्थापन गर्न चासो दिनुपर्ने वताँउछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्