मनिषा चम्लागाईँ । झापा २७ वैशाख।
लकडाउनले अधिकांश मानिसको मजदुरी गुमेको छ भने व्यापार व्यवसाय बन्द छन् । तर, झापाको शिवसताक्षीकी चित्रकला मावोलाई भने मौरीलाई चरनका लागि जंगलसम्म पु¥याउन भ्याइनभ्याइ छ । शिवसताक्षी नगरपालिका –९ की मावो सतासी महिला मौरीपालन सहकारी संस्थामा आबद्ध छिन् ।
विगतका वर्ष झौँ मौरी चरनका लागि टाढा–टाढा जंगलसम्म पु¥याउन नसके पनि घर छेउकै पाथिभरा सामुदायिक बनमा मौरी चराउने गरेकि छन् मावो । “यो समय मौरीलाई चरनमा लैजानुपर्ने हुन्छ” मावोले भनिन्, “अरुबेला सुनसरीको मधुबन, प्रकाशपुरसम्म चरनका लागि पु¥याउने गथ्र्यौ, अहिले लकडाउनका कारण मौरीका लागि चरन क्षेत्रसम्म पु¥याउनै गाह्रो छ ।” पछिल्लो समय कृषिमा बढ्दो विषादी प्रयोगले मौरी चरन क्षेत्रको अभाव रहेको मावो सुनाउँछिन् । तोरी र फापरको महको तुलनामा जंगलबाट उत्पादित मह मंहगोमा बिक्री हुने उनको भनाइ छ । मावोसँग २४ घार मौरी रहेका छन् । उत्पादित मह झापासहित ताप्लेजुङ, धनकुटा, विराटनगर, काठमाडौँ लगायतका बजारमा बिक्री गरेको बताइएको छ । तर, पछिल्लो समय मह बिक्री नहुँदा मह लिएर बिक्रीका लागि फिल्डमा जाने गरेको मावोले बताइन् ।

कात्तिकदेखि शुरु हुने मौरीको सिजन जेठसम्म रहने सहकारीकी व्यवस्थापक देवी दाहालले बताइन् । सिजन शुरु भएसँगै मोरङ र सुनसरीको विभिन्न जंगलमा चरनका लागि लगिएका मौरीको मह काट्नसमेत नपाएको दाहाल सुनाउँछिन् । मह काट्न नसकेको कारण २० हजार किलो मह क्षति भएको दाहालको भनाई छ । “गुणस्तरीय साथैै मह उत्पादनका लागि समय मिलाएर राम्रो चरन क्षेत्रमा लैजानु पर्ने हुन्छ” दाहाल भन्छिन्, “लकडाउनको शुरुवाती दिनमा भएको कडाइले हजारौँ किलो मह जंगलमा नै नष्ट भयो ।” असार देखि असोजसम्म भने मौरीको प्रतिकूल समय हो ।
“चैत, वैशाखमा मौरीले रानी उत्पादन गर्ने बेला रेखदेख गर्न नसकेकाले रानी आफैँ छुटेर गयो” दाहालले भनिन्, “हामीसँग ३ हजार ५ सय घार मौरी थिए, यस वर्ष ४ हजार ५ सय घार बनाउने लक्ष्य थियो ।” मौरी आफैँ छुटेकाले घार विस्तार गर्न नसकेको उनको भनाइ छ । लकडाउन पूर्व नै १५ सय घार मौरी बाहिरी जिल्लामा पु¥याइएको दाहालले बताइन् । अहिले झापाका विभिन्न स्थानमा रहेका जंगल र सदस्यको घरआसपास २ हजार घार मौरी रहेका छन् ।

कृषकले उत्पादन गरेको मह स्थानीय सरकारले बजारीकरणमा सहयोग गर्नु पर्ने झापा अर्जुनधारा नगरपालिका –९का मौरीपालक कृषक भिम कडरिया बताउँछन् । कडरियाले पूर्वाञ्चल मौरी पालन उद्योग सञ्चालनमा ल्याएका छन् । “लकडाउनको समयमा कृषि उपजहरु बिक्री भइरहेका छैनन्” कडरियाले भने, “यस अवस्थामा सरकारले कृषकलाई साथ दिनु पर्छ ।” कडरियाले १ सय ८० वटा घारबाट वार्षिक ३४ सय किलो मह उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादित महको बजार सुनिश्चित गर्ने आवश्यक रहेको कडरिया बताउँछन् । आफूले उत्पादन गरेको मह नेपालका विभिन्न बजार साथै तेस्रो मुलुकमासमेत निर्यात गर्ने गरेको कडरीयाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्