दमक, बैशाख २९ । झापाको दमकमा पसल खोल्न पाउने समय फेरि जिल्लाकै घोषित समयलाई कार्यान्वयन गरिएको छ ।

कोरोना भाईरस नियन्त्रण तथा रोकथाम गर्नका लागि सरकारले जारी राखेको बन्दाबन्दीलाई थप कडाई गर्दै नगरपालिकाले किनमेलको समयलाई सहज बनाउन जिल्लाभरि पसल खुला एकरुपता कायम गर्ने निर्णय भएको नगर उपप्रमुख गीता अधिकारीले बताएकी छन् ।
नगरपालिकाले सूचना निकालेर आजदेखि जिल्लाले कायम गरेको समयअनुसार दमकमा पनि विहान ८ बजेदेखि १२ बजेसम्म अब पसलहरु खुला रहने जनाएका छन् । यसअघि विहान ११ बजेदेखि २ बजेसम्म पसल खोल्ने समय निर्धारण गरिएको थियो ।
यसको सट्टा अब आज सोमबारदेखि विहान ८ बजेदेखि १२ वजेसम्म दैनिक ४ घण्टा खोल्ने निर्णय भएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जनाए ।
तोकिएको समय र तोकिएका पसलवाहेक अन्य पसल खोलेमा कानून वमोजिम कारवाही गरिने समेत नगरद्वारा जारी गरिएको सूचनामा भनिएको छ ।अत्यावश्यकसंगै निर्माणसंग सम्बन्धित हार्डवेयर तथा कृषिसंग सम्बन्धित पसलहरु समेत खुला रहनेछन् ।अति भीडभाड रहने फिल्महल,शिक्षण संस्था,फनपार्क लगायतका क्षेत्रहरु भने पूर्वतः वन्द रहने छन् । दमकमा जोखिम कम भएको विश्लेषण गरेर विस्तारै बन्दाबन्दीलाई खुकुलो बनाउदै लगिएको समितिका एक सदस्यले बताएका छन् ।

दमकको सव्जीमण्डी खुल्यो
कोरोना संक्रमणको जोखिम हुनसक्ने तीन सातादेखि बन्द रहेको दमकको सव्जीमण्डी सञ्चालनमा ल्याईएको छ । नगरपालिकाले वनाएको कोरोना संक्रमण रोकथाम समितिको बैठकले दैनिक उपभोग्य सामग्री किनमेलको समय निर्धारण गरेसंगै सव्जीवजारलाई सहज वनाउन पनि त्यसैअनुसार विहान ८ बजेदेखि १२ बजेसम्म खुला राख्ने निर्णय गरिएको हो ।
आवश्यक स्वास्थ्य सुरक्षाको प्रवन्धसहित सव्जीवजार खुलाउने निर्णय भएको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिए । मापदण्ड तथा सुरक्षा सावधानी अपनाए वा नअपनाएको समेत सरोकारवालाहरुले बेलाबेलामा अनुगमन गरिने समेत श्रेष्ठले जनाएका छन् ।
त्यसनिर्णय अनुसार नै दमक चौकसहित पुरानो सव्जी बजार र नयाँ सव्जी बजार अब विहान ८ बजेदेखि १२ बजेसम्म मात्र किनमेलका लागि खुला रहने जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्